Logo

अर्थ

राष्ट्र बैंकले २५ अर्ब रुपयाँ तरलता संकलन गर्न तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपयाँ निक्षेप संकलन उपकरण जारी गर्न लागेको छ।
राष्ट्र बैंकका अनुसार, उक्त उपकरण १६ दिनका लागि जारी हुनेछ। बोलकबोल प्रक्रिया आज (पुस ९) हुने छ र इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो २ बजेसम्म आवेदन दिनुपर्नेछ।
निक्षेप संकलन उपकरणमार्फत साँवा र ब्याज भुक्तानी पुस २७ मा हुनेछ। ब्याजदर भने बोलकबोल प्रक्रिया मार्फत निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम पाँच अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः वितरण गरिनेछ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १२ : ४१ बजे