Logo

समाचार

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसाल आमरण अनसनमा



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन्। उनले गए राति १० बजेदेखि माइतीघर मण्डलामा अनसन थालेका हुन्।
जेनजी अभियन्ता अजय सोडारीका अनुसार जेनजीको मागअनुसार सरकार नचलेको भन्दै भुसालले प्रधानमन्त्रीको राजीनामा माग गर्दै अनसन सुरु गरेका हुन्।
तीन दिनदेखि ‘गरी खान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाको नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी छ। उक्त आन्दोलनप्रति समर्थन जनाउँदै भुसाल अनसनमा बसेका हुन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १२ : ३४ बजे