Logo

राजनीति

‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् ।मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको बताएका हुन् ।एमाले पनि चुनावको पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ काम गरिरहेको छ । निर्वाचनको वातावरण बनिरहेको परिपेक्षमा एमालेको तर्फबाट उहाँहरुले वातावरण बनाउनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्नेर पार्टीका महासचिवको तर्फबाट स्पष्ट रूपमा राख्नुभएको छ । एमालेसँगको यो भेट चुनावउन्मुख भएको र चुनावको लागि एमाले पनि तयार भएको साथै सरकारले पनि वातावरण बनाउनेगरी अघि बढेको हुनाले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको छ ।’त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : ३६ बजे