Logo

मुख्य समाचार

पोखरामा नातिले हजुरआमा हत्या, प्रहरीले पक्राउ गर्यो



पोखरा। आफ्नै हजुरआमा हत्या गरेको आरोपमा २२ वर्षीय नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बाँसपानीस्थित ७५ वर्षीय दालकुमारी परियारलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

घटनाको समय दालकुमारी परियारको घाँटी र कानमा लगाइएका गहना पनि चोरी भएको जानकारी आएको थियो। प्रहरी घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि पोखरा–१० बुद्धचोकबाट २२ वर्षीय आशीष परियारलाई नियन्त्रणमा लिएको छ।

उनको साथबाट दुई थान रिङ र चार थान सानो मुन्द्रा बरामद गरिएको छ। गहनाको कुल मूल्य ७२ हजार रुपैयाँ रहेको बताइएको छ।

कास्की प्रहरीले आशीषलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानको लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ। डीएसपी हरिबहादुर बस्नेतले अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : २८ बजे