काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का बुबा रामनारायण साहको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ। ७७ वर्षीय साहको आज (मंसिर १५) दिउँसो १२ः२० बजे दुखद निधन भएको हो।
आकस्मिक रूपमा अस्वस्थ भएपछि उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित निजामती अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज निधन भएको परिवारले जनाएको छ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि दिउँसो सवा ३ बजे पशुपति आर्यघाटमा राखिनेछ।








प्रतिक्रिया