Logo

समाचार

पलायन भएका निर्मलको व्यथा



काठमाडाैं । नेपालमा धर्मको नाममा कहिल्यै द्वन्द्व भएन । संविधानले नै धर्म निरपेक्षतालाई स्वीकारेको छ । तैपनि कतिपय ठाउँमा नजानिंदो तरिकाले धर्मको नाममा भेदभाव हुने देखिएको छ ।

यस्तै घटना गुल्मीको एउटा गाउँमा भएको चार वर्षपछि सार्वजनिक भएको छ । हिन्दू वाहुल्य रहेको समाजमा एउटा युवाले इशाइ धर्म मान्छु भन्दा गाउँबाटै विस्थापित हुनुपरेको छ ।

गुल्मीको सत्यवती गाउँपालिका – निवासी निर्मल पोख्रेलले यस्तै नियति भोगेको अहिले खुलेको छ । चार वर्षअघि पोख्रेललाई हिन्दू धर्म त्यागी इशाइ अपनाएको निहुँमा छरछिमेक र गाउँलेले गाली गलौज र कुटपिट गर्दा विस्थापित भएका छन् ।

पोख्रेल परिवारले दिएको जानकारी अनुसार, अहिले उनी विदेश पलायन भएका छन् । गाउँ आउन उनी नसक्ने अवस्थामा छन् । पीडित पोख्रेलले इशाइ धर्मग्रन्थ बाइबल अध्ययन गर्न खोज्दा गाउँलेको निशानामा परेका हुन् । घर आउन मन भएपनि गाउँलेको डरले आउन नसकेको उनले आफ्ना अभिभावकलाई बताउने गरेको बताइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : ४६ बजे