Logo

खेलकुद

एनपीएल : चितवनलाई काठमाडाकौं १४३ रनको लक्ष्य


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १४२ रन जोडेको हो ।

चितवनले काठमाडौंलाई १९.४ ओभरको खेलमा नै अलआउट गरेको थियो । चितनका कमलसिंह ऐरीले अन्तिम विकेट लिएका थिए ।

चार खेल खेलिसकेको काठमाडौं र तीन खेल खेलेको चितवनको समान चार अंक छ भने अंक तालिकामा चितवन तेस्रो स्थानमा र काठमाडौं चौथो स्थानमा छ ।  चितवन टिमको नेतृत्व कुशल मल्लको सम्हालेका छन् भने काठमाडौंका कप्तान करण केसीले सम्हालेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ४८ बजे