Logo

Breaking News 1

एनपीएलमा पोखराकाे पहिलो जित



काठमाडाैं । नेपाल प्रिमियर लिग(एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ । बिहीबार बेलुकी भएको खेलमा जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै पोखराले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यससँगै साविक विजेता जनकपुर बोल्ट्सले लगातार तेस्रो हार बेहोरेको छ ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३० रनमात्र बनाउन सक्यो । जनकपुरको लागि पहिलो खेल खेलेका वायन पर्नेलले अर्धसतक बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

उनले ३८ बलमा ४ छक्का र दुई चौकाको सहयोगमा ५० रन बनाए । यस्तै संजय कृष्णमुर्तीले २५ र माज सादाकले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  ८ : ०४ बजे