Logo

समाचार

रवि लामिछाने–छविराज जोशी प्रकरण : सुनुवाइ स्थगित



बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामाथि आज (मंसिर ११) तय गरिएको सुनुवाइ स्थगित गरिएको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने पक्षका अधिवक्ताले मागेपछि पेसी स्थगन गरिएको हो।

सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगमा दायर मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासमा क्रमसंख्या १ मा तोकिएको थियो।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  १२ : ५८ बजे