Logo

राजनीति

प्रधानमन्त्री कार्कीले सचिवालय ६ सदस्यमा सीमित गर्ने निर्णय



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको संरचना पुनः व्यवस्थित गर्दै सदस्य संख्या २० बाट घटाएर ६ मा सीमित गर्ने निर्णय गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार जेनजी युवाहरूबाट आएको मागलाई आधार मानेर सचिवालय कटौती गरिएको हो ।

नयाँ संरचना अनुसार प्रधानमन्त्रीको सचिवालयमा अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन् । बाँकी सबै पदको नियुक्ति मंसिर ११ गतेदेखि खारेज हुने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ३० बजे