Logo

समाचार

सर्वोच्च अदालत आगजनी प्रकरणमा ल क्याम्पसका पूर्व स्ववियू सभापति पक्राउ



काठमाडौं । सर्वोच्च अदालतमा गरिएको आगजनी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।

उनी चितवनबाट पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो।

ढुंगेलले आगजनी हुनुअघि दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीको खोजी तीव्र बनेको थियो। हाल सर्वोच्च अदालतमा आगजनी गर्ने समूहका पहिचान र अन्य संलग्न व्यक्तिको खोजी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  २ : ५१ बजे