Logo

मुख्य समाचार

धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाको शान्तिपूर्ण प्रदर्शन



धनगढी । नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध धनगढीमा जेनजी युवाले बुधबार शान्तिपूर्ण प्रदर्शन गरेका छन्। बिहान धनगढी बजार क्षेत्रमा प्लेकार्डसहित उनीहरू सडकमा उत्रिएका हुन्।

जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार पूर्वसूचना अनुसार नै जेनजी युवाले शान्तिपूर्ण ढंगले विरोध कार्यक्रम सञ्चालन गरेका थिए। “जेनजी युवामार्फत शान्तिपूर्ण प्रदर्शन हुने जानकारी आएको थियो। त्यसअनुसार सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको थियो,” रेग्मीले बताए। उनका अनुसार प्रदर्शनका क्रममा कुनै तनाव सिर्जना हुने गतिविधि देखिएको छैन।

नेता बस्नेतविरुद्ध जेनजी समूहको विरोध हालै विभिन्न स्थानमा देखिएको छ। मंसिर ४ गते बारामा प्रदर्शन गरिएको थियो भने मंसिर ७ गते इटहरीमा बस्नेत चढेको सवारीमा युवाले रातो रङ प्रहार गरेका थिए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : ३६ बजे