Logo

समाचार

बालबच्चा सम्हाल्दै सन्नी लियोन



एजेन्सी । बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्ना बच्चा हुर्काउन व्यस्त छिन् । उनी हालै आफ्ना तीन बच्चाहरूसँगै मुम्बई विमानस्थलमा देखिइन् ।

आफ्ना पति बिना यात्रा गरिरहेकी उनी टर्मिनलबाट बाटो लाग्दा तीनै बच्चाहरूलाई सम्हाल्न व्यस्त देखिएकी थिइन् ।

फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरको सहयोगमा व्यस्त उनी पछिल्लो समय कला क्षेत्रमा कम सक्रिय छिन् । उनले नेपाली फिल्म ‘पासवर्ड’को आइटम गीतमा नृत्य गरेकी थिइन् ।

‘बेईमान लभ’मा उनले अभिनय गरेकी उनी कुनै समय गुगल सर्चमा सर्वाधिक खोजीको पात्र बनेकी थिइन् । उनी पछिल्लो समय घरायसी काममा व्यस्त छिन् ।(एएनआइ)

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ०९ बजे