Logo

समाचार

हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी



सुर्खेत । नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा युवाहरुले नाराबाजी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको युवा जागरण अभियान प्रारम्भ गर्न सुर्खेत आएका बस्नेतविरुद्व जेनजी युवाहरुले नाराबाजीसहित कार्यक्रममा अवरोध गर्ने खोजेपछि सुर्खेतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बस्नेतलगायतका एमाले नेताहरु सुर्खेत आउन लागेको खवर पाएपछि जेन्जीहरुले अवरोध प्रयास गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम भईरहँदा बाहिर जेनजीहरुको नाराबाजी कायमै छ ।

एमाले नेता महेश बस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।

युवा संघले थालेको अभियानले कर्णालीका युवाहरूमा चेतना, सहभागिता र नेतृत्व विकासमा मद्दत गर्ने बस्नेतले बताएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : ०२ बजे