काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार जेनजी समूहका अगुवाहरूबीच विवाद भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदार नियुक्ति भएको भन्दै ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच तीव्र वादविवाद भएको हो।
कार्यालयभित्रै सुरू भएको भनाभन ‘तँ–तँ, म–म’ स्तरसम्म पुगेको स्रोतले जनाएको छ। विवाद तीव्र बन्दै गएपछि वातावरण तनावग्रस्त बनेको थियो।
उता, प्रधानमन्त्री कार्की भने दुवै पक्षलाई नबेटीकनै सिंहदरबारबाट बाहिरिएकी छन्।










प्रतिक्रिया