Logo

मुख्य समाचार

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त



काठमाडौं । सरकारले सुमनराज अर्याललाई देशको नयाँ मुख्यसचिव नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवका रूपमा कार्यरत अर्याललाई मुख्यसचिवमा पदोन्नति गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।

हालका मुख्यसचिव एकनारायण अर्याल भोलिदेखि अवकाशमा जाने भएकाले नयाँ नियुक्ति गरिएको हो। नवनियुक्त मुख्यसचिव अर्यालको कार्यकाल २०८३ असार २६ गतेसम्म रहनेछ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ०० बजे