काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा जुवा खेलिरहेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ। पनौती नगरपालिका–९, भण्रीगाउँस्थित एक रिसोर्टमा आइतबार राति जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ परेकामध्ये पनौती–७ का ३५ वर्षीय रिजन सैँजू समेत रहेका छन्। घटनास्थलबाट तीन लाख छ हजार ४५५ रुपैयाँ नगद, १६ थान कौडा र एक बुक तास बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।










प्रतिक्रिया