Logo

अर्थ

सहकारीपीडितद्वारा बचत रकम फिर्ताको मागसहित बुद्धनगरमा निरन्तर धर्ना



काठमाडौँ — सहकारीमा फसेको बचत रकम फिर्ताको माग गर्दै पीडितले सोमबार पनि काठमाडौँको बुद्धनगरस्थित सहकारी विभाग कार्यालयअघि धर्ना जारी राखेका छन्। पीडित समूहले सरकारबाट रकम फिर्ता प्रक्रिया अघि नबढेकाले निरन्तर आन्दोलनमा बस्नुपरेको बताएका छन्।

सहकारीपीडितले मंसिर ५ गतेदेखि सुरु भएको धर्नालाई निरन्तरता दिँदै बचतकर्ताको माग राजपत्रमा प्रकाशित गर्नुपर्ने तथा पीडकलाई संरक्षण गर्ने राजनीतिक व्यक्तिहरूले राजीनामा दिनुपर्ने माग राख्दै प्लेकार्डहरु प्रदर्शन गरेका छन्।

आन्दोलनरत पीडितहरूले दुःख गरेर जोडेको बचत फिर्ता नपाउँदा राज्यले गम्भीरता नदेखाएको आरोप लगाएका छन्। उनीहरूले बचत फिर्ता नभएसम्म आन्दोलन जारी रखने चेतावनी दिएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  २ : ५० बजे