Logo

मुख्य समाचार

गोंगबु बसपार्कको पुलमुनि फेला परेकी महिलाको हत्या, एक व्यक्ति पक्राउ



काठमाडौं — राजधानीको नयाँ बसपार्क क्षेत्रको पुलमुनि फेला परेको महिलाको मृत्यु हत्या भएको खुलेको छ। शनिबार गोंगबुस्थित नयाँ बसपार्कमा तन्नाभित्र पोको पारेर फालिएको अवस्थामा ती महिलाको शव भेटिएको थियो। मृतकको पहिचान भने अझै खुल्न बाँकी छ।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उदयपुरका सूर्य मगरलाई पक्राउ गरेको छ। हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी विस्तृत विवरण सोमबार (मंसिर ८) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १२ : ३२ बजे