काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अनलाइन सट्टाबाजी सञ्चालन गरेको आरोपमा आठ भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनीहरूले ‘बेटाकुलर डट लाइभ’ नामक साइटमार्फत खेलको हारजितलाई केन्द्रित गरी अनधिकृत रूपमा रकम लगानी र सट्टाबाजी संचालन गरिरहेका थिए। विशेष प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१४, बल्खुबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साईकुमार तम्मिसेट्टी र सेखचन्द बसल रहेका छन्।
उनीहरूबाट १५ थान मोबाइलफोन बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया