काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपालको इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल भएको बताएका छन् ।
आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले पुराना ठूला तीन दलले क्रान्तिकारी छवि बचाउन नसक्दा फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नकासाथै गति र परिणामविहीन हुन पुगेको बताएका हुन् ।
उनले भने,‘कांग्रेस, एमाले, माओवादी आ–आफ्ना समयका नागरिक आवाजको प्रतिनिधित्व गर्ने परिर्वतनकारी पार्टी नै थिए र हुन् । इतिहासमा योगदान गरेका पार्टीहरुले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल हुन पुगे । फलस्वरुप देश चरम भ्रष्टाचार, वेथिति र यथास्थितिमा फस्नका साथै गति र परिणामविहीन हुन पुग्यो ।’
त्यस्तै उनले दलहरुले भ्रष्टाचार,नातावाद कृपावाद,दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्बा बनाएको आरोप लगाए ।
संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलिय स्वार्थ र दलिय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट सम्बोधन हुन नसकेको उनको भनाई छ ।
‘भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहिनता र सबै क्षेत्रमा राजनीतिक तरंग गरेर राज्यका संस्थागत प्रणालीलाई थप निकम्भ बनाए । संविधानसभामार्फत संविधान लेख्ने अवसरलाई दलिय स्वार्थ र दलिय दाउपेचको विषय बनाउँदा क्रान्ति र आन्दोलनको म्यान्डेट जस्ताको त्यस्तै सम्बोधन हुन सकेन,’उनले भने ।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीले परिणममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने दावी गरे ।
जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद्: सुदन किराँती

त्यस्तै, नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भएको हो भन्नु लज्जास्पद् अभिव्यक्ति भएको तर्क गरे ।
केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेको आरोप लगाउँदै उनले देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् अनि विदेशीलाई दोष लगाउने रु भन्दै प्रश्न गरे ।
उनले भने,‘उहाँहरू जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नुहुन्छ । लाजपनि लजाउने गरी अभिव्यक्ति दिइरहनुभएको छ । हाम्रो पार्टी सम्पूर्ण रूपले त्यस्तो अभिव्यक्तिलाई खारेज गर्दछ । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ रु २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी रु केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधिनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?










प्रतिक्रिया