काठमाडौं – नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण स्वीकृत गरेको छ।
स्वीकृत लाभांशमध्ये चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश रहेको छ। राष्ट्र बैंकले मंसिर ५ गते यसबारे आधिकारिक अनुमति दिएको हो।
अब लघुवित्तले आगामी साधारणसभामा प्रस्तावित लाभांश पारित गरी सेयरधनीलाई वितरण गर्ने प्रक्रिया अघि बढाउनेछ।










प्रतिक्रिया