काठमाडौं । नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि सुनसरीमा आयोजित कार्यक्रमका क्रममा ढुंगामुढा भएको छ। राष्ट्रिय युवा संघ नेपाल, कोशी प्रदेशद्वारा आयोजित जागरण सभा तथा जेनेरेसन–जीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन बस्नेत सुनसरी पुगेका थिए।
कार्यक्रममै अर्पित कुवर नामका व्यक्तिले बस्नेतमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। घटनापछि कुवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।










प्रतिक्रिया