२०८२ मंसिर ७ गते ९२३ नोभेम्बर २०२५० आइतवार, मार्ग शुक्लपक्ष तृतीया तिथि, १७ः९४ बजेपछि चतुर्थी। चन्द्रराशि धनु।
मेष
कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ। प्रयत्नले बिस्तारै काम बन्नेछ। कुनै सामाजिक जिम्मेवारीको प्रस्ताव समेत आउनेछ। तर अवरोध पुर्याउनेहरू भित्रभित्रै सक्रिय हुने हुँदा पछि हट्नुपर्ने स्थिति आउन सक्छ।
वृष
चिताएको काम रोकिनाले पछि दोहोर्याउनुपर्ला। यात्रामा कष्टपूर्ण हुनाले शरीर शिथिल बन्नेछ। स्वास्थ्य कमजोर रहनेछ र औषधि–उपचारमा खर्च बढ्नेछ। सानो उपलब्धिका लागि धेरै श्रम गर्नुपर्ने समय छ।
मिथुन
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।
कर्कट
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।
सिंह
अवसरका साथसाथै चुनौती पनि देखा पर्नेछन्। आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।
कन्या
प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।
तुला
कर्मयोगले नयाँ मोड लिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
वृश्चिक
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ।
धनु
लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ।
मकर
अर्थअभावले काम पूर्ण नहुन सक्छ। कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
कुम्भ
श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला।










प्रतिक्रिया