Logo

मुख्य समाचार

गगन थापा : मंसिरमा विशेष महाधिवेशन ‘निर्विकल्प’, कांग्रेस फागुन २१ को चुनावमा सहभागी हुने



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आगामी मंसिरमा नै गर्नुपर्ने आवश्यकता ‘निर्विकल्प’ भएको बताएका छन्। उनले मंसिर २७–२८ गतेतिर विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिए।

थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस अनिवार्य रूपमा सहभागी हुने स्पष्ट गरे। उनका अनुसार अहिले चुनावमा नजाने भन्दै आएका दल र समूहलाई संवादमार्फत सहभागी गराउन कांग्रेस पहल गर्नेछ।

उनले चुनावी वातावरण सुरक्षित र सहज बनाउन सरकार गम्भीर नभएको आरोप लगाए। बाहिर हातहतियारको समस्या, कैदी फरार रहने अवस्था र राजनीतिक दलहरूलाई स्वतन्त्र रूपमा गतिविधि गर्न नपाएको स्थिति सरकारले सम्बोधन गर्नुपर्ने थापाको भनाइ छ।

कांग्रेसको आवधिक अधिवेशन तथा नेतृत्व हस्तान्तरण निर्वाचनअघि नै आवश्यक भएको थापाले उल्लेख गरे। उनका अनुसार पार्टीले आजका निर्णयहरूको वैधानिकता र राजनीतिक दिशानिर्देशन नयाँ नेतृत्वबाटै सुनिश्चित गर्न विशेष महाधिवेशन अपरिहार्य छ।

थापाले केही दल र समूहले उत्तेजना, निषेध र प्रतिशोधको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाउँदै सरकारलाई अन्योल बढाउने गतिविधि गलत रहेको बताए। उनले तनावका बीच शान्तिको नेतृत्व कांग्रेसले करने दाबी गरे।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : १५ बजे