Logo

मुख्य समाचार

मनिष यादवको अध्यक्षतामा जसपा नेपालको ७९ सदस्यीय केन्द्रीय युवा संघ गठन



‎काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले युवा नेता मनिष यादवको अध्यक्षतामा ७९ सदस्यीय केन्द्रीय समाजवादी युवा संघ गठन गरेको हो ।

संघको केन्द्रीय उपाध्यक्षमा रेणुराज सिंह, चिरञ्जिवी यादव र रविन पाख्रिन चयन भएका छन् भने दिपेन्द्र कापडीलाई महासचिवको जिम्मेवारी दिइएको छ ।

सौरभ शर्मा, कमल नेम्वाङ्, शिवराज बेघा, राजु यादव र विनय यादव गरी ५ जना सचिवमा चयन भएका छन् । शत्रुधन यादवलाई भने कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

नवगठित केन्द्रीय युवा संघका ११ सदस्यीय पदाधिकारीसहित अन्य सबै सदस्यहरुको यही मंसिर १५ गते काठमाडौंमा एक औपचारिक कार्यक्रमकाबीच सपथ ग्रहण आयोजना गरिने समाजवादी युवा संघका ईन्चार्ज बिक्की यादवले जानकारी दिए ।

तदर्थ समितिलाई समाजवादी युवा संघको देशव्यापी मूल नेतृत्व निर्माण गर्न आगामी ६ महिनाभित्र वडादेखि केन्द्रसम्मै संगठन निर्माण गरी निर्वाचन गराउने कार्यभार तोकिएको ईन्चार्ज यादवले बताए ।

संघले संगठन निर्माण, बिस्तार एवं संघीय चुनाव केन्द्रीत छिट्टै आफ्नो भावी कार्ययोजना तथा कार्यक्रमहरु सार्वजनिक गरिने नवगठित जसपा नेपालको समाजवादी युवा संघका अध्यक्ष यादवले जानकारी दिए ।

युवा संघले देशैभरी वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र स्तरीय संगठन निर्माण एवं बिस्तार, युवा अभियान सुदृढीकरण तथा आगामी निर्वाचन केन्द्रीत पार्टीको वैचारिक तथा राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण दायित्व पाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ०७ बजे