काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पाँचौँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
त्रिभुवन क्रिकेट मैदानमा भएको टसमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङको लागि दिएको जानकारी गराइएको छ।
चितवन राइनोजको यो दोस्रो खेल हो। पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो। लुम्बिनी लायन्सको प्रतियोगितामा यो पहिलो खेल हो।










प्रतिक्रिया