काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारको प्रमुख ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरणमा रहेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार : सार्वजनिक–निजी संवाद’ कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको मुख्य म्यान्डेट निर्वाचन गराउने भएकाले कर दर समायोजनमा सरकार नलागेको बताए ।
उनका अनुसार करका दर हेरफेर गर्ने प्रयास गरे निजी क्षेत्रबाट विरोध बढ्न सक्ने भएकाले सरकारले संयमित रूपमा अघि बढिरहेको छ । “सरकार निर्वाचन गराउने र सुरक्षित रूपमा सत्ता हस्तान्तरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ,” मन्त्री खनालले भने ।
खास पक्षलाई लाभ हुने गरी कर परिवर्तन गरेको आरोप नलागोस् भन्ने उद्देश्यले अहिले करका दर नछेडिएको उनले स्पष्ट पारे । आलोचना न्यून होस्, कानुनी प्रक्रिया पालनामा कुनै प्रश्न नउठोस् भन्ने आधारमा नीति निर्माणमा संयम अपनाइरहेको पनि उनको भनाइ थियो ।










प्रतिक्रिया