Logo

नेपाल प्रिमियर लिगकाे दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र काठमाडाैं गोर्खाज खेल्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र काठमाडाैं गोर्खाज भिड्दै छन् ।
 
प्रतियोगितामा काठमाडाैंको यो दोस्रो खेल हो । काठमाडाैंले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएकाे थियो । यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो ।
 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।