Logo

मुख्य समाचार

सुनाचुरी, मकवानपुरमा ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला



मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मिति २०८२।०८।०२ गते बिहान करिब ८ः३० बजे स्थानीय ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाबारे जानकारी पाएसँगै सोही वडाका वडा अध्यक्षले प्रहरी चौकी सुनाचुरीलाई खबर गरेका थिए । जानकारी प्राप्त भएपछि प्रहरी हवल्दार शम्भु नारायण साहको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा SOCO -Scene of Crime Officer_ सहितको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय मनहरीबाट झण्डै ७ किलोमिटर पश्चिममा पर्ने बताइएको छ ।

मृतकको मृत्युको कारणबारे प्रारम्भिक अवस्थामै केही खुल्न बाँकी रहेकाले विस्तृत विवरण आउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक (एसपी) सुभाष चन्द्र बोहोरा जानकारी दिएका छन्।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  १२ : ५३ बजे