काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् ।
सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् ।
उनले भनिन्,‘हाम्रो परामर्श सेवामा बिरामीलाई कुरा बुझाइदिने विषयमा कमजोर रहेछौं । त्यसलाई हामीले सुधार गर्नैपर्छ । बिरामीले भनेको छ, एउटा हामीले बुझेका छौं अर्को । त्यसमा सुधार्नै पर्छ । उपचार राम्रो हुँदै गएको छ, तर बिरामीलाई बुझाउने पक्ष अझै सुधार गर्न आवश्यक छ ।’
त्यस्तै उनले निजी अस्पतालमा भन्दा राम्रो स्वास्थ्य सेवा वीर अस्पतालमा भइरहेको भन्दै उनले सर्वसाधारणलाई सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन आग्रह गरिन् ।
वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री गौतमले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् ।
उनले बिरामीहरुबाट चिकित्कहरुले रुखो व्यवहार गर्ने गरेको गुनासो गरेको सुनाइन्् ।










प्रतिक्रिया