मेष राशि
अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेको प्रगति नहुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला।
बृष राशि
सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ। काम बने पनि सानो त्रुटि सच्याउन निकै मेहनत गर्नुपर्ला। पारिवारिक माहोल केही कमजोर बन्ने देखिन्छ। खानपानको सोखले स्वास्थ्य कमजोर बन्न सक्छ।
मिथुन राशि
खर्च गरीकन सोचेको प्रगति नहुन सक्छ। फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ।
कर्कट राशि
सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ। मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुटाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। आफ्नो रकम अरूका लागि खर्चनुपर्ला।
सिंह राशि
पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।
कन्या राशि
आजको दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ।
तुला राशि
दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। कमजोरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला। प्रयत्न गर्दा नियमित कामबाट लाभ उठाउन सकिनेछ।
बृश्चिक राशि
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ।
धनु राशि
आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ।
मकर राशि
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा सोचेको प्रगति नहुन सक्छ। आँटेको काम पनि बीचैमा रोकिएला।
कुम्भ राशि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ।
मीन राशि
दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ।










प्रतिक्रिया