काठमाडौं — जेन–जी आन्दोलनका अगुवा प्रतिनिधिहरूले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई राज्य पक्षसँग तयार भएको प्रस्तावित सम्झौतापत्रको ड्राफ्ट बुझाएका छन्।
प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा उनीहरूले नेतृत्वमा भएको आन्दोलन र सरकारबीचका छलफलका आधारमा तयार गरिएको दस्तावेज औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
सम्झौता ड्राफ्टमा भाद्र २३ देखि २५ सम्मका घटनाको अनुसन्धान र अभियोजन, ती घटनाबाट प्रभावित शहीद तथा घाइतेप्रति सम्मान, न्याय र क्षतिपूर्तिका प्रबन्ध, घटनाको पुनरावृत्ति रोक्न आवश्यक संस्थागत सुधार, सार्वजनिक संस्थामा देखिएको दलीयकरण र भागबण्डा अन्त्य, तथा स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्ने विषयसहितका प्रावधान समावेश गरिएको जेन–जी पक्षले जनाएको छ।










प्रतिक्रिया