Logo

मुख्य समाचार

कञ्चनपुरमा अज्ञात पुरुषको शव फेला


२५ कार्तिक २०८२, मंगलबार  

23
Shares

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ मा एक अज्ञात पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार करिब ३० देखि ३५ वर्ष उमेरका पुरुषको शव मंगलबार दैजीस्थित पूर्व–पश्चिम राजमार्ग किनारामा रहेको ह्युमपाइपभित्र सडेको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र शवलाई पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : १४ बजे