Logo

अर्थ

एलभिडी झापा महिला गोल्डकपबाट टिकट बिक्रीमा ५८ लाख आम्दानी


२५ कार्तिक २०८२, मंगलबार  

46
Shares

दमक (झापा) — शिवसताक्षीस्थित दूधे रङ्गशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताबाट टिकट बिक्रीमार्फत रु ५८ लाख तीन हजार आम्दानी भएको छ।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्रै रु ३० लाख दुई हजार ४०० बराबरको टिकट बिक्री भएको थियो। पहिलो सेमिफाइनलमा रु पाँच लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा रु ११ लाख पाँच हजार ५०० बराबरको टिकट आम्दानी भएको उनले जानकारी दिए।

अध्यक्ष थोप्राले पछिल्लो समय महिला फुटबलप्रतिको आकर्षण बढेकाले दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढेको बताए।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ०१ बजे