काठमाडौं — नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरिएको जानकारी दिए।
वर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवा अवधि पूरा भएपछि आगामी कात्तिक २६ गतेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। उनी अवकाशमा जानुअघि नै नयाँ आईजीपी नियुक्त गरिएको हो।










प्रतिक्रिया