Logo

मुख्य समाचार

ट्रामाडोल सहित रौतहटमा दुई जना पक्राउ


२४ कार्तिक २०८२, सोमबार  

69
Shares

रौतहट । रौतहट प्रहरीले दुई जनालाई ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । सर्लाही लालबन्दी नगरपालिका–१६ तामाङटोल बस्ने  २७ वर्षीय  बुद्धसिंह वाइवा र सर्लाही  हरिवन नगरपालिका –३ श्रीपुर बस्ने  २४ वर्षीय  शरिन योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुर  नगरपालिका –४ स्थित पूर्व, पश्चिम लोकमार्गस्थित ट्राफिक चेकपइन्टमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२ ०२५ प ९७२१ नं.को स्कुटर चेकजाचको क्रममा फेला परेको

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले जनाएको छ । उनीहरुको साथबाट एक सय तीस पिस ट्रामाडोल बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्गले बताइन । उनका अनुसार  स्कुटरको हेन्डलमा रेनकोटको झोलामा ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा बरामद भएको हो। पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : १४ बजे