मनाङ । मनाङमा कात्तिक ३ गतेदेखि सम्पर्कविहीन रहेका दुई भारतीय नागरिकको शव फेला परेको छ।
सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले आइतबार दिउँसो करिब २ बजे ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाइ पटेल र १७ वर्षीया प्रियन्सा कुमारी पटेलको शव फेला पारेको हो।
मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटेलमा बसेका उनीहरू कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न हिँडेका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीन भएपछि ग्याल्सेन होटेलले सशस्त्र प्रहरी बललाई जानकारी गराएको थियो। निरन्तर खोजीका क्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हिराबहादुर जिसीको कमाण्डमा खटिएको माउन्टेन रेस्क्यु तालिमप्राप्त टोलीले गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।










प्रतिक्रिया