Logo

धर्म / संस्कृति

आजको राशिफल


२३ कार्तिक २०८२, आइतबार  

0
Shares

मेष राशि
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी हुन सक्छ।

बृष राशि
वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

मिथुन राशि
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ।

कर्कट राशि
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

सिंह राशि
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ।

कन्या राशि
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला।

तुला राशि
प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ।

बृश्चिक राशि
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ। काम दोहोर्याउनुपर्ने स्थिति आउनाले लागत बढ्न सक्छ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

धनु राशि
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। परिवेश उल्लासमय रहनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ।

मकर राशि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

कुम्भ राशि
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ।

मीन राशि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : २२ बजे