Logo

मुख्य समाचार

पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन


२२ कार्तिक २०८२, शनिबार  

69
Shares

काठमाडौं — पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। उपचारका क्रममा गएराति २ बजे काठमाडौं मेडिकल कलेज (केएमसी)मा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

मिर्गौला फेल भएपछि आलम केही दिनदेखि केएमसीमा डायलाइसिस उपचारमा रहेका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकले उनलाई आईसीयूमा राखेर उपचार गर्दै आएका थिए।

गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक समेत भएको थियो।

आलमको शव अन्त्येष्टिका लागि गृहजिल्ला रौतहट लगिएको परिवारले जनाएको छ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ७ : ४९ बजे