काठमाडौं — देशका केही स्थानमा आज वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विभागले भनेको छ, “हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन, तर स्थानीय स्तरका वायुसँग सम्बन्धित प्रभावका कारण पूर्वी र मध्य भेगमा आंशिक बदली र हल्का वर्षाको सम्भावना देखिएको छ।”
अन्य प्रदेशहरूमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।










प्रतिक्रिया