काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनको कुनै आधार नभएको बताएका छन् । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले आन्दोलनलाई “अव्यवस्थित र निराधार” भन्दै आलोचना गरे ।
ओलीका अनुसार जेनजी आन्दोलनका सहभागीहरू कमजोर र इतिहासविहीन छन् । उनले भने, “अहिलेका प्रतिगमनकारी कमजोर छन्, कुनै ग्राउन्ड, इतिहास, परम्परा वा जनसमर्थन छैन ।”
उनले आन्दोलनका क्रममा तोडफोड, आगजनी र आतंक मच्चाएको आधारमा सरकार बनाइएको भन्दै आपत्ति जनाए । ओलीले व्यंग्यात्मक शैलीमा भने, “डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? दुई–तीन हजार केटाकेटी जम्मा भएर भोटिङ गरेछन्, कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पार्यो अमेरिकाको जस्तो ?”
उनले जेनजी आन्दोलनलाई कुनै राजनीतिक संरचना वा वैधानिकता नभएको भन्दै युवाहरूलाई भ्रममा नपर्न पनि आग्रह गरे ।










प्रतिक्रिया