काठमाडौं । अछाममा शुक्रबार दिउँसो ४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २:२२ बजे अछामको बाब्ला आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ । यसअघि बिहीबार राति १०:४० बजे दार्चुला र भारतीय सीमा आसपास ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।










प्रतिक्रिया