Logo

समाचार

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै


२१ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।

बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ३६ बजे