जनकपुर । जनकपुरधामका निजी अस्पतालहरुको संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालमा आवद्ध अस्पतालहरुले आफ्ना अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरुले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरुको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
उनीहरुले चिकित्सकहरुलाई सम्बन्धित अस्पताल प्रशासनसंग आफ्नो कुरा राखेर छलफल गर्न आएमा आफूहरुले सकेसम्म तलब सुविधा उपलब्ध गराउने बताए ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२÷०७÷१६ को विज्ञप्तिको बुंदा ३ तथा ४ मा उल्लेख भए अनुसार प्रा. डा.श्रीकृष्ण श्रेष्ठको संयोजकतामा गठीत समितिले १ महिना भित्र अस्पतालहरुको वर्गिकरण गरी पारिश्रमिक सम्बन्धि कार्ययोजना तयार पार्ने भनेको छ ।
सोही निर्णय प्रति जनकपुरधामका निजी अस्पतालका सञ्चालकहरुले पनि आफूले सञ्चालन गरेको अस्पताल वर्गिकरण भई सरकारले तोक्ने तलब सुविधा चिकित्सकहरुलाई उपलब्ध गराउने बताए । उनीहरुले वर्गिकरण हुन १ महिनाको समय रहेकोले अहिलेका लागि आन्दोलनरत्त स्वास्थ्यर्कीहरुलाई अस्पताल फर्किन आग्रह गरेका छन् ।










प्रतिक्रिया