बाजुरा । बडीमालिका नगरपालिका वडा.नम्बर ७ का जेनजी युवाहरुले वडामा सुशासन कायम गरि बिकास र समृद्धिमा जोड दिन माग गरेका छन् । बुधबार वडाअध्यक्ष धर्मराज पाध्याय समक्ष ज्ञापनपत्र बुझाउँदै उनीहरुले विभिन्न मागहरु राखेका हुन् ।
वडाका बिषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेपछी उनीहरुले ज्ञापनपत्र बुझाउँदै वडामा सुशासन कायम गरि बिकास र समृद्धिलाई जोड दिई जेनजी मुम्मेन्टलाई रास्ट्रिय स्तरको मुद्दाका साथ आत्मसात गर्दै वडामा निस्पक्ष र सामाजिक सरोकारका बिषयलाई ध्यानमा राखेर वडाको विकासमा लाग्न उनीहरुले माग गरेका छन् ।
वडामा विभिन्न सेवा सुविधाहरु विस्तार भएको भए पनि यहाँका स्थानीयले राम्रोसँग उपभोग गर्न नपाएको जेनजी युवा प्रकाश विश्वकर्माले बताए ।
हरेक सेवा सुविधाहरुलाई नागरिकले सहज रुपमा उपभोग गर्न पाउँनु पर्ने उनको भनाइ छ।वडामा शिक्षा,स्वास्थ,यातायात,सञ्चार लगायतको पहुँच पुगे पनि गुणस्तरीय र प्रभावकारी बन्न नसकेको उनले जानकारी दिए ।
वडा अध्यक्ष पाध्याय दुई÷दुई कार्यकाल वडाअध्यक्ष भईसक्दा पनि वडा कार्यालय नबन्नु,तत्काल जग्गा खरिद गरि वडाको आफ्नै भवन निर्माण गर्नुपर्ने,गुणस्तरीय शिक्षाका लागि लक्ष्मी मावि र ज्ञानोदय माविलाई समायोजन गरि बिच केन्द्र चुथिमा एउटा गुणस्तर युक्त बिधालय निर्माण गर्नुपर्ने,लक्ष्मी माविलाई आधारभुत तहका लागि जिल्ली तलगाउ भुगाडिपाटा माथीगाउँ पानीखाल क्षेत्रलाई पायक पर्ने ठाउँमा बिद्यालय स्थानान्तरण गर्नु पर्ने माग राखेका छन् ।
त्यस्तै मार्तडी स्वास्थ्य चौकि चुथिलाई व्यबस्थित र २४ सै घण्टा सेवा दिने वातावरण बनाई दरबन्दि अनुसारका स्वास्थ्यकर्मी को ब्यबस्था मिलाउनु पर्ने,वडामा रहेका अति जोखिम बस्ति जिल्ली तलगाउ भूगाडीपाटा सिराडी लगायतका बस्तीलाई बस्ती बिस्तार गर्न पालिका सरकार, प्रदेश सरकार, र संघ सरकार संग पहल कदमी गर्नु पर्ने माग राखेका छन् ।
सार्बजनिक यातायातको सेवा सुबिधाबाट जनताको दैनिकि यात्रा सहज बनाउन ढम्कने,रजातोली,चुथि र जिल्ली गाउँका यात्रुको लागी टिकट काउण्टरको ब्यबस्था गरि कर्मचारी ब्यबस्थापन गरिनुपर्ने,कृषि सडक पुगेको ठाउँमा यात्रा सहज र सुलभ बनाउन वडा भरिको कृषि सडक सरसफाइ लगायत आवश्यक मर्मत सम्भार गरिनुपर्ने, वडामा रहेका सम्पुर्ण सामुदायिक बनलाई नियमन गरि प्रत्येक बर्षको आय ब्ययको रिपोर्ट वडा कार्यालयले लिनुपर्ने माग गरिएको छ ।
खेल प्रेमिहरुलाई खेलकुदमा बिकास गर्न वडामा वडा स्तरीय खेलकुद मैदानको ब्यबस्था गरिनु पर्ने,सिराडि माउलेख परिबन हुदै रजालि जोड्ने सडक निर्माणका लागि पहल कदमी, वडा कार्यालय बाट प्रदान गरिने सेवा सुबिधा राजनैतिक पहुँचका आधारमा नभई निस्पक्ष रुपमा सेवा प्रवाह हुनुपर्ने, पालिका सरकार र वडा सरकार बाट उपलब्ध गरिने राहत प्याकेज जस्ता कार्यक्रमलाई बास्तबिक पिडितलाई वितरण गर्नुपर्ने माग उनीहरुले राखेका छन् ।
त्यस्तै निर्माणाधिन फोन पार्कको प्रगति विवरण के कस्तो रह्यो त्यस बिषयमा सर्बपक्षिय बैठकमा सम्पुर्ण जानकारी गर्नुपर्ने, फोरजी सेवा उपलब्ध भएपनि सहज रुपमा काम नगर्ने भएकाले तत्काल फाईवर नेट जडान गरिनुपर्ने जेनजी युवाहरुको माग छ ।
त्यसैगरि वडा भित्रका चारवटा सिमा नाका निर्धाण गरि प्रत्येक ठाउँमा गेट निर्माण गरिनुपर्ने र कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा ढुवानी गर्नका लागि चुथीमा संकलन केन्द्र निर्माण गरि बजारिकरण गरिनुपर्ने उनीहरुले माग राखेका छन् ।
कृषि सडक पुगेका ठाउँमा यात्रालाई सहज बनाउन सडक मर्मत,सिराडी देखी जिल्ली सम्मको कृषि सडक तत्काल खोलिनुपर्ने,माध्यमिक शिक्षा परिक्षामा दुबै विद्यालयले शून्य नतिजा ल्याउनुमा कमजोरी पत्ता लगाई तत्काल शैक्षिक स्थिति सुधार गरिनु पर्ने अर्का जेनजी युवा दिपेन्द्र विकले बताए । तत्काल माग पूरा नभएको खण्डमा वडामा ताला लगाउन जेनजी युवा बाध्य हुने विकको भनाइ छ ।
यता वडाअध्यक्ष धर्मराज पाध्यायले वडाको विकासमा कुनै पनि कदम पछि नहटको तर जताततैबाट दोष जनप्रतिनिधिलाई मात्रै थुप्रिने गरेको बताएका छन् । आफू बोलेर भन्दा पनि गरेर देखाउने जनप्रतिनिधि भएकोले आफू पदमा रहदाँसम्म जनताप्रती अनुकरणीय कार्य गरेर जाने बताएका हुन् ।
त्यस्तै जेनजी युवाहरुले उठान गरेका कुरा निकै सान्दर्भिक रहेको बताउँदै उनले युवाहरुले माग गरेका कुराहरुलाई समाधान गर्न आफू प्रतीबद्ध रहको बताए ।माग पूरा गर्न संघ,प्रदेश सरकारसंग समन्वय,सहकार्य गरि समाधानको पक्षमा लाग्ने वडाअध्यक्ष पाध्यायले बताएका छन् ।










प्रतिक्रिया