Logo

मुख्य समाचार

कोशी , गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


२० कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका तीन प्रदेशका पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

विभागले दिएको जानकारीअनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसको प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ६ : १८ बजे