हेटौडा । बुधबारदेखि मकवानपुरको हेटौडामा सुरु भएको एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ फुटबल क्लब, काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ ।
हेटौडा–६, गौरीटार रंगशालामा भएको पहिलो खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई एकतर्फी प्रदर्शनसहित ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
चित्लाङका लागि चन्दन दास, इशान सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरेका थिए भने, देउरालीका रामचन्द्र वजीले एक मात्र गोल फर्काए ।
उत्कृष्ट प्रदर्शनका लागि चित्लाङका जय गुरुङलाई म्यान अफ द म्याचघोषित गरिएको थियो ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघ८८को प्राविधिक सहयोगमा सञ्चालन हुँदैछ । लिग–कम–नकआउट प्रणालीमा आधारित प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
यसैबीच, आजै सम्पन्न दोस्रो खेलमा विजय युवा क्लब र लालिगुराँस संघ क्लब, गोरहीबीचको खेल ०–० बराबरीमा टुंगिएको छ ।










प्रतिक्रिया