Logo

राजनीति

प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ :  झलनाथ खनाल


१९ कार्तिक २०८२, बुधबार  

92
Shares

काठमाडौं । नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्याउन आफू आएको बताए ।

उनले भने, ‘ढिला आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुराहरू मिलाउछौं भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही विश्वासका आधारमा केही  विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको एकता आजको आवश्यकता हो ।’

त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरुले संकल्प गर्न आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । 

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर संकल्प गरौँ । यसभन्दा अगाडि पनि हामीले एकता हे¥यौँ । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौँ । ए र कतालाई जोडेर अगाडि बढौँ । जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौँ । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ,’ उनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : २७ बजे