Logo

मुख्य समाचार

रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो


१९ कार्तिक २०८२, बुधबार  

46
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ ।

जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई ल्याइएको हो ।

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ । यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : ३१ बजे